Eghara November

Eghara November

एघार नोभेम्बर

E-book
Rs 100
Paperback
Rs 225Rs 250
Genre:Contemporary Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937705400
ISBN10:9937705401
Weight:200 g

About the Book

काङमाङ नरेश राई 'युद्ध साहित्य' लेख्छन् । 'युद्ध बोकेको सिताङ (२०६८) उपन्यासबाट आख्यान लेखनमा दरिलो उपस्थिति जनाएका काङमाङको 'खुकुरीको धारमा (२०७१) लाहुरेहरूको युद्धकथा कृति 'फियरलेस वरिवर (सन् २०१५) भएर अनुदित अङ्ग्रेजी संस्करणमा बेलायतको प्रकाशन गृह ओलम्पियाबाट प्रकाशित छ ।

सिर्जनात्मक हिसाबले 'एघार नोभेम्बर' काङमाङ नरेशको सातौं कृति हो । खासगरी आर्थिक जीवनको उन्नत सपना बोकेर 'लाहुरे' भएका नेपाली युवाहरू विश्वका त्यस्ता ठाउँहरूमा पुगेर कुनै पनि दुश्मनी नभएका मान्छेहरूसित युद्ध गर्न बाध्य भए । सैन्य अनुशासन वा युद्धको नियमले लड्नै पर्ने भयो । जो जो मृत्युको नजिकै पुगेर बालबाल फर्किए, तिनको यथार्थता कठोर छ, विक्षिप्तको छ । झट्ट हेर्दा देखिने लाहुरे शानको अन्तर्य कहिनसक्नु र सहिनसक्नुको छ । विश्वमा 'गोर्खाली गौरव' र नेपाली समाजमा 'लाहुरे लय'को जुन साख देखिन्छ त्यो पल्टनमा, युद्धमा बेहालतको छ । युद्धहरूकै कारण लाहुरेहरूका परिवारले भोग्नुपर्ने पीडा, आफन्तले पाउने चोट वा गुमाउनु परेको आफ्नै उर्बर उमेर यी सबैको हिसाबकिताब मिलेको छँदै छैन । न्यायबिहीन छ | काङमाङ नरेशले यिनै पीडाहरूलाई कलात्मक, नयाँ कथन शैलीका साथ तिख्खरतापूर्वक लेखेका छन्- 'एघार नोभेम्बर'मा । नेपाली साहित्यका लागि यो अब्बल कथाकृति हो । 'आख्यान' हो तर यथार्थ'को आख्यान हो ।