Dherai ko Dhapedi
Dherai ko DhapediDherai ko Dhapedi

Dherai ko Dhapedi

धेरैको धपेडी: थोरैमा सम्भव छ धेरै

E-book
Rs 255
Paperback
Rs 425
Genre:Health & Fitness
Language : Nepali
Published: September 08, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937953009
ISBN10:9937953006
Pages:236

पुस्तकको बारेमा

बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यस पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरूलाई सबैले बुझ्ने गरी सरल भाषामा व्याख्या गरेको छ ।

‘जीवनको जतन धेरैमा होइन तन, मन र वातावरण बीचको सन्तुलनमा टिकेको हुन्छ,’ लेखक प्रसाई भन्छन्, ‘यो चेतना सँगसँगै सनातनदेखि चलिआएको संस्कृति र सम्पदाको संरक्षण र सम्बर्धन गर्नु आज जरुरी भएको छ ।’

पुस्तकमा यिनै कुराहरू वैज्ञानिक तथ्यका आधारमा आम पाठकलाई चार अध्याय ‘कम हुँदैन थोरै’, ‘जीवनको जतन’, ‘शरीरको सामर्थ्य’ र ‘परम्परा, सम्पदा र स्वास्थ्य’ मार्फत् पस्किने प्रयत्न गरिएको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

डा. जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा सहप्राध्यापकका रूपमा कार्यरत छन् । जडीबुटी एवम् खाद्य । पदार्थमा रहेका रोग निरोधक सक्रिय तत्वहरुको करिब तीन दशकदेखि अध्ययन र अनुसन्धान गर्दै आएका उनी अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ता हुन् । खानपान, जीवनशैली र वातावरणमा आधारित उनका पुस्तकहरू 'जीवन जिउने काइदा', 'सधैं तन्नेरी' र 'वरिपरि नै सर्वोपरि' नेपा-लयबाट यसअघि प्रकाशित भएका छन् ।

 

RELATED BOOKS