Delivery in 1-3 days
दुई भिन्न दृष्टिकोण राख्ने नारीहरूको अन्तर्य हो देवयानी । पृथक् अवधारणा र परिवेशमा हुर्किएका दुई नारीको मनस्थितिका बीचबाट यात्रा गर्नुपर्ने परिबन्धमा परेको पुरुषको मानसिकता यस उपन्यासमा प्रबल रूपमा प्रस्तुत भएको छ ।
मूलतः यस उपन्यासले फरक मान्यताका कारण उत्पन्न नारीबीचको अन्तर्द्वन्द्वको दुबिधामा अलमलिएको पुरुष-चेतनालाई सविस्तार वर्णन गरेको छ ।
बसन्त चौधरीका निबन्ध, गीत, कविता र दर्शन गरी करिब दुई दर्जन कृति प्रकाशित छन् । यस्तै गीततर्फ उनका करिब एकसय गीतहरू रेकर्ड भएका छन् । देवयानी उनको पहिलो आख्यान हो ।
Your review helps others make informed decisions
Click on a star to start your review