Danfeko Rang's front cover

Danfeko Rang

डाँफेको रङ
Danfeko Rang's front coverDanfeko Rang's back cover

Paperback

Rs 399

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

किशोर वयमा हिँडिरहेका पुस्ताले सिक्नुपर्ने जीवनका सम्बन्ध, आयाम, सुखदुःख र पर्यावरणीय सन्तुलनलाई डाँफे चरामार्फत सम्बोधन गरी लेखिएको किशोर उपन्यास हो– डाँफेको रङ  ।

स्वकेन्द्रित अनुशासन र सत्मार्गलाई सुषुप्त तर सशक्त रूपमा उठाइएको यस उपन्यासमा परापूर्व कालदेखि सुन्दै आएका र केही नयाँ कथा-प्रसङ्गलाई उपकथा बनाएर रोचक र पठनीय बनाइएको छ ।

नेपाली साहित्यमा बाल साहित्यका पुस्तकहरू प्रशस्त पाइन्छन् तर ती सामग्री शिशु र बाल उमेरकेन्द्रित बढी भएको भनिएको बेला यस उपन्यासमा १० देखि १६ वर्षसम्मका किशोर उमेरलाई सम्बोधन गर्ने कोसिस गरिएको छ ।

डा. नवराज लम्सालको सरल भाषाको यस प्रकारको उपन्यास लेखन उनकै थप परिचयका लागि समेत विशेष महत्त्वपूर्ण छ । छोटा वाक्य, सरल अभिव्यक्ति, सान्दर्भिक कथा- उपकथाका प्रसङ्ग र कतिपय पुराना मिथ - कथालाई नवीकरण गरिएको शैली अत्यन्त रोचक छ ।

डाँफेको रङ किशोर उपन्यास त हो तर परिपक्वहरूका लागि झनै पठनीय छ  ।
 

All Editions

9789937990653
Paperback
ISBN13: 9789937990653
Book Hill, 2026

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review