Dr. Naba Raj Lamsal

Dr. Naba Raj Lamsal

डा. नवराज लम्साल

समकालीन नेपाली साहित्यका प्रतिनिधि कवि तथा गीतकार र नेपाली सञ्चार क्षेत्रका अग्रणी व्यक्ति हुन्, डा. नवराज लम्साल । रेडियो नेपाल तथा बीबीसी नेपाली सेवासँग जोडिएको उनको लामो इतिहास छ । साहित्यकार हुनुको शिल्पले सञ्चारको क्षेत्रमा उनको उपस्थितिलाई जति अर्थपूर्ण र बहुविध बनाएको छ, सञ्चारको ज्ञान र शिल्पले साहित्य लेखनमा पनि त्यति नै तीव्र आलोचनात्मक चेत बढाएको पाइन्छ । निकै सुस्त र सेलाउनै लागेजस्तो नेपाली महाकाव्य विधालाई चलायमान बनाउने उनको यो योगदानलाई बौद्धिक, तार्किक र वस्तुनिष्ठ मानिन्छ ।

नवराज लम्साल 'कर्ण' र 'धरा' महाकाव्य, ३ कवितासङ्ग्रह र २ गीतसङ्ग्रह का सर्जक हुन्।

डा. नवराज लम्साललाई अग्निको लागि वि.स. २०७९को जसुन्धरा राष्ट्रिय छन्द पुरस्कार, अग्निको लागि वि.स. २०७९को चिसाप राजकृष्ण-मायादेवी साहित्य पुरस्कार, अग्निको लागि वि.स. २०७९को लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार र अग्निको लागि वि.स. २०७८को मदन पुरस्कार प्रदान गरिएको छ ।

Dr. Naba Raj Lamsal has won Jasundhara Rastriya Chhanda Puraskar for Agni in 2079 BS, CHISAP Rajkrishna-Mayadevi Sahitya Puraskar for Agni in 2079 BS, Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar for Agni in 2079 BS and Madan Puraskar for Agni in 2078 BS.

Books Authored by Dr. Naba Raj Lamsal

Awards Won