Community Schools of Nepal

Community Schools of Nepal

नेपालका सामुदायिक विद्यालय: विद्यालय सञ्चालन प्रक्रिया सम्बन्धी सर्वेक्षण

Edited by Lokranjan Parajuli, Edited by Devendra Prasad Upreti, Edited by Rukh Gurung
Paperback
Rs 200

पुस्तकको बारेमा


एघार जिल्लाका दुई सय ओटा सामुदायिक विद्यालयमा गरिएको यो सर्वेक्षण प्रतिवेदनले नेपालका सार्वजनिक विद्यालयको शासन-व्यवस्थापन-सञ्चालन प्रक्रिया (गभर्नेन्स) बारे जानकारी दिन्छ । मुख्य गरी सार्वजनिक विद्यालयको नेतृत्वमा कुन सामाजिक समूहको हातमा छ; विद्यालयमा जनशक्ति (शिक्षक/कर्मचारी) को स्थिति के-कस्तो छ; विद्यालयले वार्षिक योजना तथा बजेट कसरी बनाउँछन्; विद्यालयले आय-व्यय तथा समग्र वित्त प्रणालीलाई कसरी व्यवस्थापन गर्छन् जस्ता प्रश्नहरूको यो प्रतिवेदनले उत्तर दिन्छ । त्यस्तै, विद्यालयमा हुने भौतिक पूर्वाधार निर्माण प्रक्रिया के-कसरी सञ्चालन भइरहेका छन्, सामाजिक परीक्षण वा लेखा परीक्षण के-कसरी सम्पन्न भइरहेका छन् भन्नेबारे पनि यो प्रतिवेदनले जानकारी दिन्छ । यो प्रतिवेदन मूलत: सर्वेक्षणमा आधारित भए पनि गुणात्मक विधि (खुला प्रश्नावली) बाट संकलित तथ्यलाई समेत यसमा समेटिएको छ ।