Coma
ComaComa

Coma

A Political Sex

कोमा

Paperback
Rs 250
Genre:Drama
Language: Nepali
Published:2014
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937280143
ISBN10:9937280141
Pages:99
Weight:125 g

पुस्तकको बारेमा

सापेक्षिक आग्रह–पूर्वाग्रहको सीमाबाट निस्केर नेपाली समाज, राजनीति र मनोविज्ञानलाई नियाल्ने निष्पक्ष रङ्गमञ्चीय प्रयास हो ।कुण्ठा, अनैतिकता र एकाधिकारी मनोविज्ञानबीचको विरोधाभास नाटकका पात्रहरूमा पाइने विशेषता हुन् । 

पछिल्लो बाहिरी पृष्ठबाट

कोमा समकालीन त्रासदीको एउटा जीवन्त अभिलेख हो । कुमार नगरकोटीले यस नाटकका माध्यमबाट आजको समयका कठोर विसङ्गतिहरूलाई अत्यन्त सूक्ष्म रूपमा अभिव्यञ्जित गरेका छन् । यस नाटकले नेपाली नाट्य परम्परमा एउटा नवीन आयाम थपेको छ। - विप्लव ढकाल/कवि

'कोमा A Political Sex' हेरिसकेपछि म बौद्धिक रूपमा, मानसिक रूपमा र काव्यिक रूपमा स्खलित भएको अनुभव गरे । नेपाली नाटकमा यस्ता प्रयोगहरू विरलै हुने गर्छन् । - श्रवण मुकारुङ/कवि

नगरकोटीको 'कोमा' पात्र समकालीन छ । सजीव छ । समकालीन नेपाली साहित्यमा यस्ता पात्रहरूको प्रयोग भएको छ । यो पात्रमाथि निएको यो नाटक हेर्दै जाँदा हामीलाई कवि श्रवण मुकारुङको बिसे नगर्ची पात्रको सम्झना हुन थाल्छ । ऊ बौलाएको छ । उपन्यासकार सञ्जीव उप्रेतीको घनचक्कर उपन्यासभित्रको मुख्य पात्रको सम्झना हुन थाल्छ । ऊ पनि भग्नमनोदशाको अवस्थामा छ । सायद नेपालीहरूले बाँचेको समय बुझ्न, तिनको जीवन बुझ्न सिङ्गो कतै पनि चोट नलागेको, कतै नभाँचिएको मानिसले सक्दैन । कोमाले भन्छ, पीडा ठूलो छ । - डा. शिव रिजाल

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode