Currently not available.
Request this book२०७२ वैशाख १२ गतेको भूकम्पपछि लेखकले भूकम्पप्रभावित १० जिल्लाका दर्जनौं गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ९ हजार भन्दा धेरै पीडितलाई उपचार गरेका थिए । विभिन्न विकट गाउँमा न्याना कपडा वितरण, मनोपरामर्श कार्यक्रम तथा बालबालिकालाई सरसफाइ, पोषण शिक्षा तथा स्वास्थ्यका अतिरिक्त सेवा प्रदान गरेका थिए । त्यस क्रममा आफूले देखेका, सुनेका, गरेका तथा भोगेका कारूणिक अनुभूति तथा आशाको आगतलाई सजीव ढङ्गले लिपिबद्ध गरेका छन् लेखकले यस पुस्तकमा ।
भूकम्पबाट सृजित अकल्पनीय अवस्था, पीडितको संवेदनशील मनोभाव तथा परकम्पको पर्वाह नगरी भूकम्पपीडित बस्तीमा गरेको यात्राको दर्पण हो, भूकम्पमा मल्हमपट्टी ।
Your review helps others make informed decisions
Click on a star to start your review