Bharat-Nepal Simavarti Baandh

Bharat-Nepal Simavarti Baandh

भारत-नेपाल सीमावर्ती बाँध

E-book
Rs 160
Paperback
Rs 440
Genre:Borders of Nepal, Geography
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937217507
ISBN10:9937217504

पुस्तकको बारेमा

सामान्यतया दुई देशबीचको सीमारेखाबाट किलोमिटरको दूरीको क्षेत्रभित्र बनेको बाँधलाई 'सीमावती बाँध' भन्ने प्रचलन हेको छ। सीमावर्ती बाँध अक्सर दुवै देशको सहमतिमा दुवै देशलाई हित हुने गरी बनाइने प्रचलन रहेको छ ।

नेपाल र भारतबीच प्रायः सबै भारतीय सीमावर्ती बाँध तथा तटबन्धका सन्दर्भमा खिचलो परेको छ । कतिपय बाँध तथा तटबन्ध दशगजाभित्र पनि बनाइएका छन् । नेपालको भू-भाग डुबानमा पारेर भारतको खासगरी उत्तर प्रदेश र बिहारलाई बाढीबाट बचाउने कार्यलाई भारतको नेपालप्रति राम्रो मनसाय मान्न सकिदैन । प्रस्तुत 'भारत-नेपाल सीमावर्ती बाँध' पुस्तक यसै विषयवस्तुमा केन्द्रित छ । 

पछिल्लो बाहिरी पृष्ठबाट

जन्मस्थानः ओखलढुङ्गा रामबजार-५, हाल घट्टेकुलो हाइट, काठमाडौं ।

अध्ययनः एम्.ए. (भूगोल) त्रि.वि., ल्यान्ड सर्भेइङ (कलकत्ता), ल्यान्ड युज म्यापिङ (क्यानडा), ल्यान्ड इन्फरमेशन सिस्टम (जर्मनी), रिमोट सेन्सिङ टेक्नोलोजी (जापान), पि.एच.डी. अनुसन्धानरत (नेपालको सीमा समस्या र समाधानका उपाय) त्रिविवि ।

अनुभव: नापी विभगको पूर्वमहानिर्देशक, भूमिचित्र नापनक्सा कम्पनीको प्रबन्ध निर्देशक, नापनक्सासम्बन्धी परामर्श सेवा तथा नेपालको सिमानासम्बन्धी अध्ययन, अनुसन्धान, लेखन, प्रवचन तथा प्रकाशन । 

कृतिः भारत-नेपाल सीमावर्ती बाँध, नेपालको सिमाना, राष्ट्रिय सुरक्षाका सन्दर्भमा सीमा व्यवस्थापन, Border Management of Nepal, सिमानाको ज्ञान, जन उपयोगका लागि कित्ता नापी, नेपाल-भारत र चीन सन्धि (सह-लेखन), नेपालको सन्दर्भमा राष्ट्रवाद (सह-लेखन), राष्ट्रिय र संघीयतासम्बन्धी विवाद (सह-लेखन) ।

अन्य रचनाः नेपालको सिमाना, सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षा, डुबान समस्या तथा यसका समाधानका उपाय विषयमा करिब १५० फुटकर लेखरचना प्रकाशित ।

प्रवचन तथा प्रस्तुती: अमेरिकाको विभिन्न ५ राज्य, लन्डन, मस्को, टोकियो, बेइजिङ साथै स्वदेशी संघ-संस्था, प्रधानमन्त्री, मन्त्रीहरु, सभामुखहरुमा नेपालको सीमा व्यवस्थापन, सीमा समस्या समाधानका उपायसम्बन्धी ५० भन्दा बढी प्रवचन । विद्युतीय तथा छापा माध्यममा करिब २०० अन्तर्वार्ता ।

पुरस्कार, अवार्ड, सम्मानः मदन पुरस्कार-२०५७, एडुआर्ड डोलेजोल अवार्ड- भियाना (अष्ट्रिया), इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान, देव शमशेर उत्कृष्ट पत्रकारिता पुरस्कारसमेत विभिन्न संस्थाबाट १८ पुरस्कार, सम्मान आदि ।

सम्मेलनः Boundary Demarcation and Maintenance (UK), Negotiating International Boundaries (UK), Border Management in an Insecure World (UK), International Federation of Surveyors (Australia) जस्ता र स्वदेशमा भएका समेत विभिन्न ४० भन्दा बढी पटक भाग लिएको, केही कार्यपत्र प्रस्तुत गरेको ।

पेशागत सदस्यताः International Boundaries Research Unit (UK), International Real Estate Federation (France), तथा स्वदेशका नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्ससमेत गरी १२ भन्दा बढी संस्था ।। भ्रमणः विश्वका २४ देश तथा नेपालको ६४ जिल्ला ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode