Delivery in 1-3 days
बाघ शताब्दीऔंदेखि मानिसलाई एकसाथ सम्मोहित र भयभीत पार्दै आएको पृथ्वीकै रोमाञ्चक एवम् विस्मयकारी प्राणी हो ।
बढ्दो मानव जनसङ्ख्या र घट्दो प्राकृतिक बासस्थानका कारण दिनप्रतिदिन यसको अस्तित्व सङ्कटमा मात्रै छैन, यसका थुप्रै प्रजाति पृथ्वीबाट लोप भइसकेका छन् । त्यसमाथि अवैध सिकार, तिनका अङ्ग तस्करीदेखि कालोबजारी र अनावश्यक मानव हस्तक्षेपले पृथ्वीमा स्वतन्त्र विचरण गर्ने बाघको आयतन साँघुरो बनाउँदै लगेका छन् । यही सङ्कटसँग जुध्न बाघ कहिलेकाहीँ नरभक्षीसमेत बन्ने गरेका छन् ।
बाघको अस्तु यी सबै चासो, चिन्ता र सरोकारमा केन्द्रित छ । बाघ संरक्षणको महत्त्व, मानिस र प्रकृतिबीचको सन्तुलन एवम् एक साधारण व्यक्तिले बाघप्रतिको आफ्नो बुझाइ र व्यवहारमा ल्याउन गरेको परिवर्तनको असाधारण प्रेरणादायी कथा हो । सरल भाषामा आमपाठकले बुझ्ने गरी लेखिएको यस किताबले बाघको अद्वितीय सौन्दर्यसँग परिचय गराउँछ नै, तिनीहरूको संरक्षणका लागि भएका विश्वव्यापी पहल र कठिनाइप्रति ध्यानाकर्षणसमेत गराउँछ ।
Your review helps others make informed decisions
Click on a star to start your review