Hemant Mishra

हेमन्त मिश्र

सन् १९८७ मा विश्वप्रतिष्ठित अन्तर्राष्ट्रिय जेल गेटी पुरस्कार प्राप्त गरेका हेमन्त मिश्र प्रकृति संरक्षण क्षेत्रका अग्रज_ समूहका सदस्यका रुपमा चिनिन्छन् । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यक्रममा २५ वर्षभन्दा बढी योगदान पुयाएका उनले नेपाल सरकारको सेवाबाट अवकाश पाएपछि विश्व बैङ्क र एसियाली विकास बैङ्कमा वातावरण तथा प्राकृतिक स्रोत विशेषज्ञका रुपमा १५ वर्ष सेवा गरे । केही अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा_ सल्लाहकारका रुपमा समेत उनले काम गरे । हाल उनी अमेरिकास्थित वेलबिइङ इन्टरनेसनलको अन्तर्राष्ट्रिय सल्लाहकार छन् । बेलायतको एडिनबरा विश्वविद्यालयबाट विद्यावारिधि गरेका मिश्रका लेख तथा पुस्तक नेपाल, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, स्विडेन, जापान र भारतमा प्रकाशित छन् ।

Books Authored by Hemant Mishra