Delivery in 1-3 days
जीवन निरन्तर बगेजस्तै कथा पनि अनादि र अनन्त हुन्छन् । कुनै कथा अन्य कथाहरूमा मिसिएर बिलाउँदै जान्छन् भने कुनै अमिट भएर बस्छन् ।
अग्निगर्भा को सुरुवात दिग्विजय सिंह, अमन सिंह, चमन सिंह, कुँवरी, हजुरी, गोठी आमै, भुल्की आजी, शर्मिष्ठा, भँगेरी वा अन्य पात्रसित गर्न सकिन्थ्यो । तर यो उपन्यासको सुरुवात र अन्त "ऊ” अर्थात् जक्तिसिंह टोलकी "ब्वारी नानी' बाट हुन्छ । उसलाई डुम्रीगाउँको जक्तिसिंह टोलमा सबैले दिग्विजय सिंह अर्थात् ठुल्काजीकी "ब्वारी' र अमन सिंहकी पत्नीका रूपमा चिन्छन् । तर बुहारी हुनुअघि उसको आफ्नो नाम थियो । आफ्नो जीवन थियो । विगत र भविष्यका सपनाहरू थिए ।
ऊ को थिई ? यो जान्नका लागि उसको जन्मस्थल ऐँसेलुखर्कमा पुग्नुपर्ने हुन्छ र उसले गरेको अस्तित्व-सङ्घर्षको कथामा डुब्नका लागि अग्निगर्भा को पानामा उत्रिनुपर्छ ।
Your review helps others make informed decisions
Click on a star to start your review