Delivery in 1-3 days
नेपाल र अफगानिस्तान जस्ता सधैं स्वतन्त्र भएर रहेका देश र त्यसका नागरिकहरू जुनसुकै बेला शक्ति राष्ट्रहरूका स्वार्थको शिकार बन्न सक्छन् । तिनले आफ्नो महत्त्वाकांक्षा र शक्तिको प्रतिरक्षा, कूटनीति र विकास (डिफेन्स, डिप्लोम्यासी ड डेभेलपमेन्ट) को राप - तापबाट शासित - प्रताडित गर्ने हरदम कोशिश गरिरहेका हुन्छन् ।
यस्ता कुरा बेलैमा बुझेर सतर्क भइएन भने हाम्रा भोलिका सन्ततिले पनि विगतको भियतनाम र अफगानिस्तान अनि वर्तमानका प्यालेस्टाइन, सिरिया आदिको जस्तो दुर्दान्त अवस्था भोग्नुपर्ने हुन सक्छ । तसर्थ, समय छँदै विगतबाट पाठ सिकौं; आफ्नो देश र सन्ततिको भविष्य जोगाऊँ!
Your review helps others make informed decisions
Click on a star to start your review