Aandhiko Manoram Nritya
Aandhiko Manoram NrityaAandhiko Manoram Nritya

Aandhiko Manoram Nritya

आँधीको मनोरम नृत्य

E-book
Rs 100
Hardcover
Rs 250
Genre:Drama
Language: Nepali
Published:September 03, 2019
Edition:1st

Hardcover

Origin:Nepal
ISBN13:9789937063074
ISBN10:9937063078
Weight:250 g

पुस्तकको बारेमा

समकालीन नेपाली रङ्गकर्मका उम्दा र सिर्जनशील हस्ताक्षर हुन् घिमिरे युवराज । उनले यस कृतिबाट आफ्नो परिचयको दायरालाई फराकिलो बनाएका छन् नाटक लेखकको रुपमा । नाटकले स्थायी रुपमा हुँदै आइरहेको जनेरेसन ग्याप, माया र बिछोडका मर्मस्पर्शी कुनालाई मुखरित गर्दछ । यो नाटक कमिङ अफ एजको दुविधा र आइडेन्टिटी क्राइसिसको सार्थक मन्थन हो ।

- अनुप बराल (Anup Baral)

 

आधुनिकताको आँधीमा सहरीकरणको द्रुतविस्तार, प्रविधिको अतिप्रयोगले प्रभावित हुँदै गएका सामाजिक र पारिवारिक सम्बन्धहरु, व्यस्त दैनिकीले सिर्जित एक्लोपन, आत्मिय सम्बन्धको अल्पता, र अभिभावक र संरक्षकको दायित्वहिनता बीच बालापनबाट किशोर हुँदै गएका किशोर र किशोरीहरुको चाहना, भावना, संघर्ष र त्रासदीको सँगालो हो 'आँधीको मनोरम नृत्य ।' यथोचित अभिभावकत्व र उचित मार्ग निर्देशनको अभावमा किशोरावस्थाको सिर्जनशील ऊर्जा कसरी क्षय हुनसक्छ, आफ्नै घरभित्र कस्तो परिस्थितिमा छोरीमान्छे असुरक्षित हुन सक्छे, र दुई पिढीको पुस्तान्तरणमा बल्झिएका अपुरो बुझाईले कसरी पारस्परिक सम्बन्धलाई प्रभावित गर्छ भन्ने कुराहरु यस नाटकले प्रष्ट पार्छ।

- अर्चना थापा (Archana Thapa)

 

साठ्ठीको दशकमा नेपाली रङ्गमञ्चले नयाँ दिशा पक्रियो । भद्दा एवं परम्परागत प्रस्तुतिका कारण दर्शक विमुख भई रङ्गमञ्चमा सन्नाटा छाइरहेका बेला परसम्म सुनिने गरी घन्टा बजाउने थोरै सुचकमध्ये घिमिरे युवराज एक हुन् । आज मञ्चका लागि नेपाली नाटक प्रयाप्त भएनन् भन्ने बहस भइरहँदा उनले यो नाटक लेखेर मञ्चन गरे । नाटकले दर्शकको मन जित्यो । हामीले उनको अर्को इर्ष्यालाग्दो लेखकीय प्रतिभा देख्ने अवसर पायौं । निर्देशक स्वयंले जीवनमा कुनै नाटक लेखेको छैनभने उसको निर्देशकीय पूर्ण छैन भन्ने म सोच्छु । यसर्थ अब मेरा लागि घिमिरे युवराज पर्फेक्ट नाट्यकर्मी भए ।

- श्रवण मुकारुङ (Shrawan Mukarung)