Delivery in 1-3 days
वसन्त आचार्य
(२३ चैत्र, २०३१)
दुप्चेश्वर गाउँपालिका ७, नुवाकोट
शैक्षिक योग्यता : बि.एल, बि.एड., एम.ए (समाजशास्त्र), एम.ए. (राजनीतिशास्त्र), एम.पि.ए., एल.एल.एम., एम.फिल. (जनप्रशासन)
त्रिभुवन विश्वविद्यालय ।
अनुभव : कृषक, लेखक, प्राध्यापक, मेलमिलापकर्ता (पूर्व सदस्य तथा उपाध्यक्ष, नेपाल मेलमिलापकर्ता समाज), अधिवक्ता, प्रशिक्षक, कानुन तर्जुमाकार, न्याय प्रशासक, सूचना अधिकारी ।
प्रकाशित कृतिहरू :
- महानगर सेवा दिग्दर्शन (पहिलो २०६०, दोस्रो २०६१ र तेस्रो २०६३) सहलेखन
- स्थानीय स्वायत्त शासन प्रणाली सिद्धान्त र व्यवहार (सहलेखन), २०६९
- स्थानीय स्वायत्त शासन प्रणाली (एम.पि.ए. नयाँ पाठ्यक्रममा आधारित) २०७६
- मेलमिलाप (पहिलो २०७६, दोस्रो २०७९ र तेस्रो २०८१)
- कानुन तर्जुमा (सहलेखन), २०७८
- न्यायिक समिति : अवस्था र अपेक्षा, २०७९
- ब्रह्मानन्दको मूल बाटो : आमा, २०८०
- Legislative Drafting, 2080
- विभिन्न विषयमा पाँच दर्जनभन्दा बढी अनुसन्धानमूलक लेख रचना प्रकाशित छन् ।
भ्रमण :
स्वदेशमा करिब ४० जिल्ला र विदेशमा चीन (सियान र हङकङ), भारत, दुबई, माल्दिभ्स, जापान, फिलिपिन्स, दक्षिण कोरिया, थाईल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स, जर्मनी र अमेरिका ।
पुरस्कार/ मानपदवी :
१. काठमाडौं महानगरपालिका प्रथम लेखक पुरस्कार, २०६० ।
२. प्रथम जननिर्वाचित नगरप्रमुख श्री जनकमान श्रेष्ठ स्वशासन पुरस्कार, २०७७ ।
३. प्रबल जनसेवा श्री (चतुर्थ) २०७७ ।
Your review helps others make informed decisions
Click on a star to start your review