Aalaya
AalayaAalaya

Aalaya

आलय

E-book
Rs 200
Paperback
Rs 355 Rs 395
Genre:Novels
Language: Nepali
Published:January 18, 2020
Edition:1st

पुस्तकको बारेमा

सशस्त्र द्वन्द्वमा बेपत्ता भएको पतिको खोजीमा अविराम लागेकी एक नारी पात्र माला क्षत्रीको जीवन र दृष्टिकोणको औपन्यासिक प्रस्तुति हो, आलय । खासगरी सरकार र विद्रोहीको बन्दुके चेपुवामा परेका निरीह नागरिकका पीडानुभूतिलाई तटस्थ भावमा लेखिएको छ । मालाको आदर्श र जीवनदर्शन अद्भुत छ । तिनको अटुट आशा, अदम्य साहस, अजस्र धैर्य र पवित्र प्रेमले पाठकलाई सजिलै पगालिदिन्छ । ग्रामीण जीवनका झरिला शब्दले आख्यान चम्किलो भएको छ । आलय नेपाली साहित्यकै एक सुन्दर काव्याख्यान हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

"नेपालमा विगतमा भएको सशस्त्र द्वन्द्व र त्यसले व्यक्ति र समाजको मनमा थुपारेको पीडाको कहालीलाग्दो अवशेषको व्याख्या निरपेक्ष भएर गर्न गाहो हुन्छ । यसले कुनै न कुनै पक्षधरताको माग गर्छ नै । तर, जब पक्षधरताको कुरा आउँछ, आख्यानका पानाहरू आक्रोश या नाराबाट भरिने खतरा रहन्छ । आलय भने त्यो खतराबाट गजबले जोगिएको छ । यसले द्वन्द्वका कारण एउटी महिलाले भोगेको आर्थिक, सामाजिक समस्या र गहिरो मानसिक पीडाका माध्यमबाट द्वन्द्वपीडित अरू असङ्ख्य महिलाको कथा पनि भन्छ ।

आलयले समाज र नारीमनका धेरै जटिल तर प्रामाणिक किस्साहरू सरल प्रस्तुति र सुललित भाषामा हाम्रासामू उपस्थित गराउँछ । उपन्यास पढिसकेपछि यसको प्रमुख पात्र मालाको बलियो छवि हाम्रो मनमा स्थापित हुन्छ । मलाई यो उपन्यास यसकारण पनि विशेष लाग्यो कि मैले यसमार्फत मालालाई सलाम गर्ने मौका पाएँ । माला नेपाली आख्यान जगत्की सङ्घर्षशील, चेतनशील र साहसी चरित्रका रूपमा सधैं सम्मानित रहनेछिन् ।

- नयनराज पाण्डे, आख्यानकार

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode