Delivery in 1-3 days
"२०१७ मा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई सैन्य शक्ति प्रयोग गरेर गिरफ्तार गरे । झन्डै आठ वर्षपछि २०२५ कात्तिक १४ का दिन कोइराला कारामुक्त हुनुभयो । स्वास्थ्योपचारको अलमल र यताउतिपछि उहाँले सशस्त्र क्रान्तिको अनिवार्यताको आह्वान गर्नुभयो । त्यस आह्वानको राजनीतिक औचित्य के थियो, त्यो बेग्लै कुरा हो । तर त्यस आह्वानले हरिहर विरही जस्ता भावुक स्वप्नदर्शीलाई क्रान्तिकारी बनायो । त्यस दृष्टिले हरिहर विरहीको यो संस्मरण नेपाली क्रान्ति कथाको एउटा अध्याय हो । मैले यत्तिको वस्तुनिष्ठ संस्मरण पढेको छैन ।"
२०२६ सालदेखि लोकतान्त्रिक आन्दोलनमा समर्पित हरिहर विरही २०३८ सालयता पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । राजनीतिक कारणले पञ्चायतकालमा उनले पटकपटक गरी ५ वर्ष कारावास र ३ वर्ष निर्वासनमा बिताएका थिए । उनी साप्ताहिक विमर्शको सम्पादकका रूपमा विशेष चर्चित छन् ।
उनी नेपाल पत्रकार महासङ्घको सभापति (२०५१), प्रेस काउन्सिल नेपालको अध्यक्ष (२०५५) तथा २०६२-६३ को जनआन्दोलनको सन्दर्भमा गठित 'रायमाझी आयोग' का सदस्यसमेत थिए ।
Your review helps others make informed decisions
Click on a star to start your review