Guruprasad Mainali

Guruprasad Mainali

गुरुप्रसाद मैनाली

गुरूप्रसाद मैनानी (जन्म:वि.सं. १९५७, भाद्र शुक्ल चतुर्दशी, मृत्यु:वि.सं. २०२८ साल जेठ ५) नेपाली भाषाका कथाकार थिए।उनको पुख्र्यौली घर काभ्रेपलाञ्चोक जिल्लाको कानपुर हो। उनका बाबु जागीरे थिए। जागीरको सिलसिलामा उनका बुबा धनकुटा गएका थिए। त्यही बेलामा धनकुटामा नै गुरूप्रसाद मैनालीको जन्म भएको हो।

गुरूप्रसाद मैनालीले पहिलो पटक लेखेको कथा 'नासो' हो। त्यो कथा सर्वप्रथम १९९२ सालमा 'शारदा' भन्ने साहित्यिक प्रत्रिकामा छापियो। त्यो कथा अत्यन्त प्रसिद्ध भयो। सबैतिरबाट उनलाई 'फेरि यस्तै कथा लेख्नुपर्छ' भन्न थालियो। त्यसभन्दा पहिले सामान्य घरपरिवारका सामान्य घटनालाई कथा बनाएर लेख्ने चलन नै थिएन। 'नासो' कथा छापिएपछि नयाँ चलन चल्यो र त्यो नयाँ चलन चलाउने व्यक्ति कथाकार गुरूप्रसाद मैनाली भए।

Books Authored by Guruprasad Mainali