Naso
NasoNaso

Naso

नासो

Paperback
Rs 300
Genre:Stories
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937948173
ISBN10:9937948177

पछिल्लो बाहिरी पृष्ठबाट

'... बाह्र वर्षकी अबोध बालिकालाई ल्याएर उनी शून्य आकाशमा कल्पनातीत मनोमन्दिर निर्माण गर्न खोज्थे । सायद ब्रह्मवादीहरू त्यसैलाई आशापाश वा मृगतृष्णा भन्छन् क्यारे ।'
(कथा, नासो)

'दर्कन-दर्कन लागेको बादल, चामे पिँढीमा धुमधुमती बसेर तमाखु खान लागेको थियो । गौंथली काखीमा गाग्रो चेपेर आइपुगी । गौंथली ढोकाभित्र पस्न लागेकी थिई, “राँड, दिनभर जन्तीसँग आँखा झिम्क्याएर बसी, यति बेला स्वाङ पार्छे” भनेर एक लात हिर्कायो । गौंथली दुनमुनिँदै सँघारमा लडी । गाग्रो फुटेर ढोकामा छताछुल्ल भयो । गौंथली खवटाहरू टिपेर आँगनतिर फ्याँक्न लागेकी थी, “मेरा घरमा एकछिन नबस्, जहाँ जान्छेस् जा ।" भनेर चामेले फेरि गौंथलीको चुल्ठो समाएर घिसार्दै आँगनमा पुऱ्यायो।'

(कथा, परालको आगो)