भैरवबहादुर थापा नेपालका प्रथम नृत्य निर्देशक हुन्।
थापाले २०१८ सालमा लोकसेवा आयोगबाट परीक्षा उत्तीर्ण गरी सांस्कृतिक संस्थानमा नृत्य निर्देशक पदमा रही सेवा गर्न शुरु गरेका थिए। संस्थानबाट अवकाश लिएपछि भैरव नृत्य दल खोली नृत्यनिर्देशनको कामलाई निरन्तरता दिएका थिए। उनीसँग नृत्य प्रशिक्षण लिएका सयौं कलाकार नेपाली कला क्षेत्रमा स्थापित छन्।
भैरवबहादुर थापाले नृत्याक्षर विज्ञानको लागि वि.स. २०७७को मदन पुरस्कार को लागि मनोनयन पाएका छन्।
Bhairav Bahadur Thapa has also been nominated for Madan Puraskar for Nrityakshar Bigyan in 2077 BS.