सापटी माग मसँग मेरो पुरानो पेटीकोट
च्यात र बनाऊ एउटा लामो टालो
गुटमुट्याऊ तिम्रा गन्हाउने सर्तहरू त्यसमा
र,
फालिदेऊ कुनै बग्दै गरेको नदीमा
साला !
अझै याद दिलाउँछ आफ्ना सर्तहरू
बिहेको यज्ञमा
पुरोहितले पढेका मन्त्रहरूको अर्थ
पत्नीको कर्तव्य
पतिव्रताको गाथा
सतीत्वको महत्व