L.B. Chhetri

एल बी क्षेत्री

एलबी क्षेत्री कविडाँडा साहित्य समाजका अध्यक्ष एवम् चितवनका अग्रज साहित्यकार हुन् ।

अंग्रेजी र नेपाली भाषामा कलम चलाउने क्षेत्रीको विसं २०६४ सालमा पहिलो कृति ‘त्रिशंकुको देशमा’ कथासङ्ग्रह सार्वजनिक भएको थियो । त्यसपछि उनको विसं  २०७१ सालमा नै ‘भीडमा हराएको मान्छे’ कवितासङ्ग्रह, २०७१ सालमा ‘ईन्द्रमायाको देशमा’ कथासङ्ग्रह, २०७५ सालमा ‘व्रतभङ्ग’ कथासङ्ग्रह, २०७८ मा कविता र कथाको संयुक्त सङ्ग्रह ‘द करिडोर अफ सेन्सेस’ प्रकाशित भइसकेका छन् ।

२०४४ सालदेखि वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट शिक्षण सेवा सुरु गरेका क्षेत्री त्यही कलेजका प्रमुखसम्म बने । शिक्षणसँगै साहित्यमा रुचि बढाएका एलबी शिक्षण पेसाबाट निवृत्तपछि नै पूर्ण रूपमा साहित्यसेवी बनेका हुन् । उनले एक लाख २५ हजार रुपैयाँ राशीको नेपालकै ठूलो आख्यान पुरस्कारको स्थापना पनि गरेका छन् ।

Books by L.B. Chhetri