उमेरको अन्तिम डोरी पक्रिएर
सिकुवाबाट छोराको बाटो हेरिरहेकी
ती आमालाई सुनाउदै नसुनाउनू !
छोरा भर्खरै मेसिनसँग जुध्दाजुध्दै
सधैँको लागि हार्यो भनेर
फर्किने बाचा गरेर
छुटेको एक जोडी प्रेमी
जसले चढाएको थियो
देउरालीलाई प्रेमको नासोमा
फूलको केही थुङ्गा
ती प्रेमी जोडीलाई सुनाउदै नसुनाउनू !
ती फूल ओइलिसक्यो भनेर