मान्छेको बोली
नहोला भोलि
मनुख्खे चोला
बगिजाने खोला
सबैको बाटो यस्तै त होला
जाऊ है जाऊ
सरासर जाऊ
कतै पनि नअल्मली जाऊ !
पित्री पुर्खाहरूको ठाउँमा जाऊ !
जीवनको सत्य त्यहीँ छ
हावाजस्तो बहिरहन्छ
पानीजस्तै बगिरहन्छ
शून्य-शून्य सबै शून्य
जाऊ है जाऊ
सरासर जाऊ
कतै पनि नअल्मली जाऊ !