अचेल त म
एकदम निर्जन तलाउजस्तो
सुनसान बाटोजस्तो / कोही नहिंडेको बन्जर जमिनजस्तो
आफैले नचिनेको / अपरिचित भइहालें
एकदम शान्त / आर्यमौन पालना गरिबसेको
विपश्यनाको साधकजस्तो भइसकें
आफ्नै पनि माया लाग्दैन अचेल
(बरु कहिलेकाहीँ अरुको लाग्छ
धेरैजसो तिमीलाई सम्झिन्छु र तिम्रो लाग्छ )