किन कसैले मेरो टाउकोमा ढुङ्गाले हिर्काउँदैन !
खालि खुराफाती कुरा मात्र आउँछ दिमागमा
आर्थिक वर्षको अन्त्यतिर टालेको सडक जस्तो
कमजोर सम्बन्धको समेत सदुपयोग गरेर
स्वार्थको दुनो सोझ्याउने बुद्धि
कहाँ कहाँबाट आउँछ मस्तिष्कमा
हरबखत विषाक्त विचारको फणा फिँजाइरहने
गोमन सर्प जस्तो यो खोपडीमा
किन तातो झिर रोप्दैन कसैले !
डाँका डाल्न दाउ ढुकिरहने
नामुद डाकु जस्ता यी आँखामा
सुइरोले घोचेर नानी नफुटाएसम्म
जसलाई पनि सिकार देख्न सक्छु
जसको पनि बाटो ढुक्न सक्छु
जसका पिठ्युँमा पनि छुरी घोप्न सक्छु
कोखामा दाँत भएको मानिस हुँ म
अँगालो मार्ने बहानामा
तपाईंलाई पनि दरफर्याउन सक्छु
e-Kavita by nepa~laya is an initiative sustained through an annual
subscription. Please subscribe to be part of this initiative and enjoy
periodic flow of poems on this platform.