सोझो गाउँले (वि.सं. २०४४) नेपाली काव्य जगतमा विगत दुई दशकदेखि उपस्थित छन् । २०६४ सालमा प्रकाशित 'मनको बाँसुरी पछिको यिनको यो दोस्रो काव्यकृति हो । नेपालको सुदूरपश्चिम बझाङमा जन्मिएका भरत बहादुर भण्डारी सोझो गाउँले का रूपमा स्थापित हुन यो सहरमा यिनले गरेको सङ्घर्षको पदचाप नै यो काव्यकृति हो । लोकतन्त्र, सामाजिक न्याय र मानवीय मूल्यको सुमधुर गीत यिनले यसमा प्रेमपूर्वक गाएका छन् । यी युवा प्राध्यापन र राजनीतिमा पनि संलग्न छन्। यिनी मेरो पछिल्लो पुस्ताका असाध्यै थोरै प्रतिभाशाली कविमध्येका एक हुन् ।
सोझो गाउँलेलाई मरुभूमिमा हिमपातको लागि वि.स. २०७७को चिसाप कृष्णकुमारी गुरूङ साहित्य पुरस्कार प्रदान गरिएको छ ।
Sojho Gaunle has won the CHISAP Krishna Kumari Gurung Sahitya Puraskar for Marubhoomima Himpaat in 2077 BS.