Uma Subedi's 4th Book 'Iti' Released

साहित्यकार उमा सुवेदीले पूर्वी नेपालको हात्ती आतंक र सुपारी तस्करीको विषयलाई कथावस्तु बनाएर लेखिएको ‘इति’ उपन्यास सार्वजनिक गरेकी छिन् ।
राजधानीको शिल्पी थिएटरमा बिहीबार उपन्यास लोकार्पण गरिएको हो। कवि तथा समालोचक गीता त्रिपाठीले उपन्यासले बदलिँदो समाजको विसंगति र बदलिन नसकेको संस्कारको चित्रण गरेको टिप्पणी गरिन् । 

यस्तै, उपन्यासकार अमर न्यौपानेले वर्तमान समयका मान्छेको अनुहारलाई ल्याउन सक्नु उपन्यासको शक्तिशालि पक्ष भएको दाबी गरे । स्थानीय लबज र माटोको सुगन्धले उपन्यास जीवन्त बनेको अमर न्यौपाने भनाइ थियो ।

उमा सुवेदीले पहिलो उपन्यास ‘तोदा’ रहरैरहरमा लेखे पनि अब राज्य व्यवस्थाको कुरा लेख्नुपर्छ भन्ने दायित्वबोध गरेर ‘इति’ लेखेको बताउनुभयो ।
‘इति’ पुस्तकलाई अक्षर क्रिएशन्सले प्रकाशन गरेको हो । यस पुस्तकको मूल्य रु. ३०० हो । 

Picture: Akshar Creations, Facebook