'सिकाइ र सहयोग' बजारमा

सांग्रीला बुक्सले बन्दाबन्दी अगाडी नै मुद्रण भएका पुस्तक क्रमश: बजारमा ल्याउने भएको छ ।

सांग्रीला बुक्सका संचालक मणि शर्माका अनुसार बन्दाबन्दी अघि १० बालबालिका पुस्तक सहित १३ ओटा पुस्तक मुद्रण भएर तयार भएका थिए, तर बजारमा पठाउनु अघि 'लकडाउन' शुरु भएकाले बजार पठाइएको थिएन । शर्माका अनुसार अब क्रमै सँग अड्किएका पुस्तक र अरु नयाँ पुस्तक पनि बजारमा उपलब्ध हुनेछन ।' बन्दाबन्दि अघि दश बिभिन्न शिर्षकका बालबालिकाका पुस्तक र खगराज बराल द्वारा लिखित 'सिकाइ र सहयोग' शिक्षा सम्बन्धि पुस्तक, जीवनप्रसाद राइद्वारा लिखित 'समृद्दिका आधार' र यात्रीप्रकाश पाण्डेको उपन्यास 'सइन' प्रेसबाट आइसके पनि बजारमा पठाउन सकिएको थिएन, अब आइतबार बाट क्रमै संग यी पुस्तक बजारमा पठाइने छ ।' शर्माले जानकारी दिए । आइतबारबाट सांग्रीला बुक्सले खगराज बरालद्वारा लिखित पुस्तक 'सिकाइ र सहयोग' बजारमा उपलब्द गराउदैछ ।

'सिकाइ र सहयोग' पुस्तक सिकाइका प्रारूप – सुनाइ,बोलाइ, पढाइ र लेखाइका बारेमा विहंगम जानकारी दिने पुस्तक हो । लेखकले शिक्षा मन्त्रालय अन्तर्गत बिभिन्न बिभाग र मन्त्रालयमा रहेर काम गर्दा शिक्षा संबन्धि सैद्धान्तिक र ब्यबहारिक समास्या र चुनौती संग आफुले सामना गर्नुपरेका अफ्ठ्यारा र तिनका सम्भावित निराकरणका बारेमा पुस्तकमा सरल तरिकामा बर्णन गरेका छन् । लेखकको यस अघि 'सिकाउने शैली' पुस्तक सांग्रिला बुक्सद्वारा नै प्रकाशित छ । पुस्तकका सन्दर्भमा लेखक भन्छन् – 'सिकाउने शैलीमा शिक्षण सिकाइका बिसयहरु कमै समेटिए, शिक्षा सेवामा लामो समय काम गर्दा कार्यक्षेत्रमा देखिएका, भोगिएका कुराहरु समेटिएको अघिल्लो पुस्तकमा नअटाएका र शैक्षिक प्रक्रिया सम्बद्द बिसय 'सिकाइ र सहयोग' पुस्तकमा उल्लेख गरेको छु । अघिल्लो पुस्तकले झैँ यो पुस्तकले पनि पाठकहरुलाई फरक स्वाद दिने मात्र होइन ज्ञानको सीमासमेत फराकिलो पार्ने समेत बिस्वास लिएको छु ।

लेखक बराल हाल नेपाल सरकारको सचिब हुनुहुन्छ । उहाका यस अघि करिब एक दर्जन बिभिन्न बिसयका पुस्तक प्रकाशित छन् । यो पुस्तकलाई थुप्रै अनलाइन संगको सहकार्यमा सांग्रीला बुक्सले इ-बुक फर्म्याटमा समेत उपलब्ध गराएको छ । साथै, अमेजन, बार्न्स एन्ड नोबल जस्ता साइटमार्फत संसारका जुनसुकै ठाँउमा रहनुभएका पाठकले समेत पेपरब्याक संकरण पुस्तक प्राप्त गर्न सक्ने कुरा थुप्रैका संचलाक राजु गोतामेले जानकारी गराउनु भएको छ । 'सिकाइ र सहयोग ' पुस्तकको मूल्य रु तीनसय पन्चानब्बे रहेको छ ।