Sambriddhika Aadhar
Sambriddhika AadharSambriddhika Aadhar

Sambriddhika Aadhar

समृद्धिका आधार: कृषि-पर्यटन अभियन्ताको देशाटन अनुभव

E-book
Rs 255
Paperback
Rs 763 Rs 848
Genre:Agriculture
Language: Nepali
Published:June 28, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937734363
ISBN10:9937734363
Dimensions:5.4 x 8.5 x 0.9 inches
Weight:459 g

पुस्तकको बारेमा

व्यावसायिक कृषिकर्म आफैमा पर्यटनको उच्च क्षेत्र हो । यसै यथार्थको प्रामाणिकता पुष्टि गर्न कृषि पर्यटन अभियन्ता जीवन राई ७ वर्ष ९ महिना १९ दिनमा ७७ जिल्लाका २६६ नगरपालिका र ३७९ गाउँपालिका घुमे । २७ हजारभन्दा बढी स्थानीय जनतासँग प्रत्यक्ष छलफल गरे । स्थानीय उत्पादन, व्यावसायिक खेतीका प्रयास र सम्भावना अध्ययन गरी पुस्तक, पत्रपत्रिका, रेडियो र टेलिभिजनमार्फत जनमानसमा अनुभव बाँडे । अभियन्ता राईको देशाटनको यथार्थ प्रतिवेदन हो 'समृद्धिका आधार' । 

पछिल्लो बाहिरी पृष्ठबाट

सौन्दर्य र रम्यता मात्र होइन, भौगोलिक, वातावरणीय, जैविक, सामाजिक, सांस्कृतिक विविधताको खुला पाठशाला हो नेपाल । प्रकृतिप्रदत्त यही विविधतालाई नेपाली विशिष्टतामा परिवर्तन गरे विश्वलाई उदाहरण बन्छ । हाम्रो देश समृद्ध, उन्नत र विकसित हुन्छ । 'निर्वाहमुखी कृषिलाई व्यावसायीकरण गरी पर्यटन क्षेत्रको विकास गरे देश समृद्ध हुन्छ' भन्ने आधार तय गर्ने अभियानको कसी हो 'समृद्धिका आधार' । 

परम्परा धान्ने होइन, देशमा प्रविधि हस्तान्तरण गरी व्यावसायिकता अँगालेर कृषि क्षेत्रमा उन्नति गरे पर्यटन विकास आफै हुन्छ । किनभने व्यावसायिक कृषिकर्म आफैमा पर्यटनको उच्च क्षेत्र हो । यसै यथार्थको प्रामाणिकता पुष्टि गर्न कृषि पर्यटन अभियन्ता जीवन राई ७ वर्ष ९ महिना १९ दिनमा ७७ जिल्लाका २६६ नगरपालिका र ३७९ गाउँपालिका घुमे । २७ हजारभन्दा बढी स्थानीय जनतासँग प्रत्यक्ष छलफल गरे । स्थानीय उत्पादन, व्यावसायिक खेतीका प्रयास र सम्भावना अध्ययन गरी पुस्तक, पत्रपत्रिका, रेडियो र टेलिभिजनमार्फत जनमानसमा अनुभव बाँडे । अभियन्ता राईको देशाटनको यथार्थ प्रतिवेदन हो 'समृद्धिका आधार' । 

नयाँ नेपालको यथार्थ बोकेको 'समृद्धिका आधार' नीति निर्माण र कार्यान्वयन गर्नेहरूका लागि मात्र होइन, कृषि व्यवसायी, अध्येता, अन्वेषक र नेपाल बुझ्न चाहने सबैका लागि उत्तिकै उपयोगी छ ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode