ऐतिहासिक नियात्राकृतिमाथि अन्तरक्रिया

नियात्रा समाज नेपालले मिति २०७५ माघ २९ गतेका दिन वाबमय शताब्दीपुरुष श्री सत्यमोहन जोशीको नियात्राकृति ।'न्यूजिलायण्डमा पहिलो नेपाली' माथि एउटा अन्तरक्रिया  कार्यक्रम आयोजना गर्र्यो । समाजका महासचिव श्री मोहन चापागाईले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै विक्रम सम्बत् २०१० सालमा तथ्यांक विभागको अधिकृतको रूपमा न्यूजिलायण्डमा तालिममा जाँदा शताब्दीपुरुष जोशीले अनुभव गरेका कुरा समावेश गरेर उहाँले लेख्नुभएको नियात्रासब्ग्रहमाथिको अन्तर्कि्रयाको आरम्भ गर्नुभयो । अन्तक्र्रिया कार्यक्रमका संयोजक तथा नियात्रा समाज नेपालका कार्यसमिति सदस्य श्री तेजप्रकाश श्रेष्ठले समाजबाट समयसमयमा महत्वपूर्ण नियात्राकृतिहरूमाथि अन्तक्र्रिया कार्यक्रमको आयोजन गर्ने गरिएको जानकारी गराउनु भयो । उहाँले संस्कृतिविद्का रुपमा सबैले चिनेका श्री जोशीको कलम यस विधामा पनि उत्तिकै सशक्त रहेकाले सोबारे नेपाली पाठकहरूलाई परिचित गराउने उद्देश्यले यस ऐतिहासिक नियात्राकृतिमाथि छलफल गर्न लागिएको कुरा व्यक्त गर्नुभयो । कार्यक्रममा समालोचकद्दय श्री प्रमोद प्रधान तथा श्री ज्ञाननिष्ठ ज्ञवाली वक्ताका रूपमा आमन्त्रित हुनुुहुन्थ्यो ।
कृतिको संक्षिप्त परिचय दिँदै वक्ता श्री ज्ञाननिष्ठ ज्ञवालीले यो नियात्राकृति २०१० सालको यात्रामा आधारित भएर पनि धेरै वर्षसम्म अप्रकाशित नै रहेकोमा यसको ऐतिहासिक महत्व बोध गरी २०४९ सालमा प्रकाशित गरिएको चर्चा गर्नुभयो । उहाँले श्री सत्यमोहन जोशी न्युजिल्याण्डमा पुग्ने पहिलो नेपाली भएको कुरामा प्रकाश पार्नुभयो । श्री ज्ञवालीले भन्नुभयो, “यात्रासम्बन्धी निबन्धलाई नियात्रा भनिने र त्यस्ता नियात्रामा गतिशीलता,स्थानीयता, निजात्मकता आदि रोचक पक्ष हुनुपर्ने परिप्रेक्षमा यो कृति त्यस्ता आवश्यक तत्वले पूर्ण रहेको छ ।” उहाँले २० शीर्षक भएको यस नियात्रासंग्रहमा  ऐतिहासिक तथ्य र प्राकृतिक सुन्दरतासमेत समावेश गरिएकाले यो कृति वस्तुपरक र सरल रहेको बताउनुभयो । उहाँले यस कृतिमा पूर्वीय दर्शन र अनेकौ आध्यात्मिक कुरा पनि यथेष्ट मात्रामा समावेश भएकाले यसको विशिष्ट महत्व रहेको चर्चा गर्नुभयो । काल्पनिकताले भरिएका र वास्तविकता कम पाइने नियात्राकृतिका तुलनामा यो कृति वास्तविकताले पूर्ण रहेको भन्दै उहाँले यसको विस्तृत समीक्षा गर्नुभयो ।
अर्का वक्ता नेपाली निबन्ध विधाका अध्ययन र अनुसन्धानमा समर्पित व्यक्तित्व श्री प्रमोद प्रधानले लैनसिंह वाब्देलको २०१० को यात्रा निबन्ध लेखनकालदेखिको चर्चा गर्दै २०२६ मा । 'बेलाइततिर बरालिँदा' कृतिका माध्यमबाट नियात्रा शब्द निस्केको प्रसङ्ग उठाउनुभयो । उहाँले त्यस देशमा भ्रमणबारे लेखिएको यो पहिलो किताब कहिल्यै पुरानो हुँदैन भन्दै यसको विशेष ऐतिहासिक महत्व रहेको कुरा बताउनुभयो । अनुभूतिपरक रचनाहरू भएकोे यस नियात्रासब्ग्रहको सिर्जनाबाट समग्र नियात्रा विधाको पृष्ठभूमि बनाउने काम सत्यमोहन जोशीबाट नै भएको रहेछ भन्ने प्रसङ्ग उठाउनुभयो । मन छुने भाषा प्रयोग गरिएको र भौगोलिक परिवेश राम्रोसँग जोडिएकाले यो कृति नेपाली यात्रासाहित्यको एउटा नमुना भएको चर्चा गर्नुभयोे । श्री प्रधानले यस कृतिमा वर्णन गरिएको नेपाली वस्तुले सजिएको मिष्टर ब्रिटको कोठा र नेपालप्रतिको त्यस परिवारको न्यानो स्नेह र सद्भावबारे विस्तारमा बताउनुभयो ।
प्रमुख अतिथि वाबमय शताब्दीपुरुष श्री सत्यमोहन जोशीले आफु भन्दा पहिले कोही न्युजिल्याण्ड नगएको भन्दै “मभन्दा पहिले कोही त्यहाँ पुगेको छ भने म आफ्नो भनाइ फिर्ता लिन्छु” भन्नुभयो । उहाँले तेन्जिब र हिलारीले सगरमाथा आरोहण गरी विश्वमै कीर्तिमान कायम गरेको हप्तादिनभित्र आपूm न्युजिल्याण्ड पुगेकाले त्यहाँको हर्षोत्सवमा प्रत्यक्ष रूपमा सहभागी हुन पाउँदाको रमाइलो क्षणको स्मरण गर्नुभयो । हिलारीको साथी तेन्जिंगको गाउँको मान्छे भनेर आफुलाई भव्य स्वागत गरिएको कुरा पनि उहाँले बताउनुभयो । आफुले त्यहाँ सिकेका कुराको आधारमा नेपालमा आएर जनसंख्या सम्बन्धी काम गरेको कुरा पनि उहाँले जानकारी गराउनुभयो । उहाँले त्यस देशमा अत्यावश्यक मालसामान कहिल्यै महगो हुन नदिने प्रसङ्ग उल्लेख गर्दै न्युजिल्याण्डमा अत्यन्त राम्रो सामाजिक सुरक्षा प्रणाली रहेको कुरा बताउनु भयो । शताब्दीपुरुषले न्युजिल्याण्डमा जस्तै यहाँ पनि सामाजिक सुरक्षा प्रणाली लगाउनु पर्छ भनेर प्रधानमन्त्रीसमेत उपस्थित रहेको कार्यक्रममा आपूmले भनेको कुरा बताउनुभयो ।अन्तरक्रियामा भाग लिँदै समाजका उपाध्यक्ष श्री प्रतीक ढकालले श्री सत्यमोहन जोशीले नेपाललाई राम्रोसँग चिनेका भएकाले पनि न्युजिल्याण्डमा नेपाल र नेपालीप्रति दर्शाइएको सद्भावको यथार्थ अनुभूति लिनसक्नुभयो भन्नुभयो । नेपालको पर्वतीय पर्यटनमा गहिरो अनुभव हासिल गरेका श्री ढकालले हिलारी र तेन्जिब सेर्पाको प्रसङ्ग उठाएर हाम्रो देशलाई चिनाउने हिमाल हो भन्नुभयो ।