दामोदर न्यौपानेको नयाँ पुस्तक 'सम्पदा लडाइँ' आउने

पत्रकार न्यौपाने भुकम्पपछिको पुनर्निर्माणका बारेमा नियमित लेखहरु लेखिरहन्छन्, यही अनुभवलाई उनले पुस्तकमा उतारेका छन् । पुस्तकमा हाम्रो सम्पदाका कुरा मात्र छैनन्, यसको इतिहास, यससँग जोडिएका लोकोक्ति, स्थानीयसँग त्यस सम्पदासँगको हिमचिम र भूकम्पपछि आएको परिवर्तनसमेतलाई पुस्तकमा उतारिएको छ। 

यसअघि उनले माओवादी प्रभावित क्षेत्रमा रिपोर्टिङ् गर्दा पाएका विषयमा पुस्तक लेखेका थिए । यसका साथसाथै उनका बालबालिका र किशोर वयसँग सम्बन्धित पुस्तकहरु पनि प्रकाशन छन् ।