रमेश सायनको ‘छुटेका अनुहार’ सार्वजनिक

निबन्धकार तथा कवि रमेश सायनको पहिलो निबन्ध संग्रह ‘छुटेका अनुहार’ सार्वजनिक भएको छ । मण्डला थिएटरमा लेखक सायनकी पत्नी दीपा दाहालले कृति सार्वजनिक गर्नुभयो । 
कार्यक्रममा कवि नवराज पराजुलीले कृतिभित्र रहेको ‘फेल’ निबन्धलाई कवितात्मक शैलीमा वाचन गरेका थिए ।
लेखक रमेश सायनले देशको सामाजिक असमानता र आफूले बाँचेको समाजमा हुने गरेको महिला-पुरुष, धनी-गरिब, तल्लो-माथिल्लो जातिबीचको विभेद पाठकसामु पुर्‍याउन निबन्ध लेखेको दाबी गरे । 

 

Image Source: Ramesh Sayan, Facebook