Prayogshala from Ashoj 6

प्रयोगशाला असोज ६ बाट
पहिलो संविधानसभा के कारण विघटन भएको थियो ? दोस्रो संविधानसभा निर्वाचनको तयारी भइरहँदा स्वाभाविक रुपमा उठ्ने यो प्रश्नको जवाफ खोजेको छ, कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माको नयां पुस्तक प्रयोगशाला नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी ले ।
यो पुस्तकमा संविधानसभा विघटनका स्वदेशी, विदेशी कारकहरुलगायत समकालिन नेपाली राजनीतिका थुप्रै अनुद्घाटित तथ्यहरु खोतलिएका छन् । यसमा मूलतः नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसँग उनीहरुको उतार–चढावपूर्ण सम्बन्ध केलाइएको छ । यस अर्थमा, प्रयोगशाला नेपालको पछिल्लो सङ्क्रमणकालमा दल, दरबार र दिल्लीको भूमिकाको लेखाजोखा हो ।
फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत निरज भारी भन्छन्, “यो हाम्रो महत्वाकांक्षी प्रकाशन हो, पाठकहरुले प्रयोगशालामा समकालिन नेपाली राजनीतिका थुपै अनुद्घाटित तथ्यहरु पाउनु हुनेछ, सम्भवतः यो नेपालको पुस्तक प्रकाशनमै नौलो अभ्यास हुनेछ ।
४३६ पृष्ठको बिशेष आकार (रोयल साइज) मा रहेको यो पुस्तक यही असोज ६ गते आइतबारबाट बजारमा उपलव्ध हुनेछ । प्रयोगशाला को प्रकाशन मुलुकको अग्रणी व्यवसायिक प्रकाशन गृह फाइन प्रिन्टले गरेको हो ।