‘प्रयोगशाला’को सस्तो संस्करण बजारमा

फाइनप्रिन्टले प्रकाशन गरेको सुधीर शर्माद्वारा लिखित पुस्तक ‘प्रयोगशाला’को सस्तो संस्करण बजारमा आएको छ । भृकुटिमण्डपमा जारी नेपाल शैक्षिक तथा अन्तर्राष्ट्रिय पुस्तक मेलाको अवसर पारेर पुस्तकको सस्तो तथा अद्यावधिक संस्करण बजारमा ल्याइएको हो । नयाँ संस्करणको मूल्य रु ४९८ राखिएको छ । अघिल्लो संस्करणको मूल्य रु ६९८ थियो। नयाँ संस्करणको आकार अघिल्लोभन्दा घटाइएको छ, तर यसमा प्रयोग गरिएको कागजको गुणस्तरमा भने पहिलेकै कायम गरिएको छ ।

नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा गरिएको पुस्तकको अघिल्लो संस्करण अहिलेसम्म तीसहजार प्रति बिक्री भएर नेपाली बजारमा कीर्तिमान कायम गरिसकेको छ ।