नेपालभरिका आम नेपाली विद्यार्थीहरुको अभावलाई ध्यानमा राखेर लोक सेवा परीक्षा/तयारी सम्बन्धि आफ्नो ज्ञान, अनुभव र सिप देश भरिका विद्यार्थी समक्ष पुर्र्याउने प्रयास स्वरुप सरोज कुमार राय द्वारा लिखित ‘"लोक सेवाको तयारी कसरी गर्ने " नामक पुस्तक बजारमा आएको छ ।
चाण्क्यले भनेका छन – "अरुको गल्ती र अनुभवबाट सिक । हरेक कुरा आफै अनुभव गरेर सिक्नलाई तिम्रो आयु पर्याप्त छैन ।"
सात वटा chapter रहेको यस पुस्तकमा विश्वस्तरका प्रोफेसर, Toppers, सफल ब्यक्तिहरुको Experience, Tips, Techniques, Strategy एवं प्रतिस्पर्धात्मक परीक्षा सम्बन्धि सफलताको वैज्ञानिक तथा प्रमाणित नियमहरु समेटिएको छ ।
लेखकका अनुसार यस पुस्तकको उद्देश्य लोक सेवा मार्फत लिइने विभिन्न सेवा/समूहको बस्तुगत बहुउत्तर (Multiple choice) र बिषयगत (Subjective) प्रश्नहरुको तयारीका साथै अन्तर्वार्ताको तयारी कसरी गर्ने सम्बन्धमा विद्यार्थीलाई guide गर्नु र motivate गर्नु हो ।
यो पुस्तक लोक सेवाको तयारी गर्दै गरेका वा भविष्यमा तयारी गर्ने सोच राख्ने हरेक सेवा समूह (नेपाल स्वास्थ्य, नेपाल आर्थिक योजना तथा तथ्याङ्क, नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन, नेपाल लेखापरीक्षण, नेपाल वन, नेपाल विविध, नेपाल शिक्षा, नेपाल संसद, नेपाल न्यााय, नेपाल इन्जिनियरिङ्ग, नेपाल कृषि) र स्कूलदेखि कलेज स्तर सम्मका विद्यार्थीहरुका साथै कोचिङ्ग क्लास टिचरहरु, अभिभावकहरु सबैकालागि उतिकै उपयोगी छ ।
पुस्तकको बिशेषताहरु:
• लोक सेवा तयारी सम्बन्धि भ्रम, समस्याहरु, जिज्ञासाहरुको समाधान सरल शब्दमा बताइएको ।
• Toppers, Professors, सफलब्यक्तिहरुले अपनाएका idea, tips, techniques, strategies समेटिएको ।
• Objective र subjective तयारी सम्बन्धी proven method हरु बताइएको ।
• घरमै बसि लोक सेवाको तयारी गर्न सघाउने ।
• यो किताब आफैमा एउटा ‘‘कोचिङ्ग संस्थान’’ भएको ।
• परीक्षाको तयारी सम्बन्धि व्यवहारिक, आधारभूत तथा नभइ नहुने कुराहरु चर्चा गरिएको ।
पढने र पढाउने कार्यमा रुचि राख्ने लेखक सरोज कुमार राय लोक सेवा परीक्षा/तयारी सम्बन्धि गतिविधिमा निरन्तर संलग्न रहि आउनुभएको साथै विगत १० वर्ष देखि खरिदार, सुब्बा हुदै हाल अधिकृत स्तर (स्वा. तथा जनसंख्या मन्त्रालय) मा कार्यरत हुनुहुन्छ ।