खगेन्द्र संग्रौलालाई 'पहिचान सम्मान - २०२०' पुरस्कार

यस वर्षको ‘पहिचान सम्मान’ लेखक तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्रौला प्रदान गर्ने भएको छ । पुरस्कारको राशि चार लाख दुई हजार दुई रुपैयाँ रहेको छ । 
पहिचान पुरस्कार कोषले प्रत्येक बर्ष प्रदान गर्दे आएको ‘पहिचान सम्मान’ यस वर्ष मार्जिनलाईज समुदायको हक अधिकार स्थापित गराउनको लागि निरन्तर योग्दान दिए वापत लेखक खगेन्द्र संग्रौलालाई प्रदान गर्ने जानकारी कोषका संस्थापक नरेश काङमाङ राईले दिएका छन् ।

यसभन्दा अगाडी ४ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइया’ र उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’ ले पहिचान पुरस्कार पाइसकेका छन ।

सम्मान बैशाखको चैत्रको तेस्रो हप्ता वितरण गरिने भएको छ ।