Sanduk Ruit

Sanduk Ruit

सन्दुक रूइत

Paperback
Rs 495Rs 550
Genre:Biography & Memoirs
Language: Nepali
Published:September 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937665735
ISBN10:9937665736
Pages:250
Dimensions:5.1 x 8.5 x 0.5 inches
Weight:276 g

पुस्तकको बारेमा

डा. सन्दुक रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो। यो पुस्तक संसारका चिकित्सकीय संस्थापन पक्षसँग निरन्तर जुध्दै सबैभन्दा असहाय र गरिब मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भूत डा. रूइतको जीवन्त एवम् रोचक कथा हो ।

यसमा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा हिमाली दुर्गम गाउँमा जन्मिएर कठिन प्रयत्न एवम् अथक सङ्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको जीवनवृत्तको रोमाञ्चक गाथा लेखिएको छ ।

अस्ट्रेलियन पत्रकार अली ग्रिपरले अङ्ग्रेजी भाषमा लेखेको यस पुस्तक लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा

३० वर्षभन्दा पहिलेदेखि म डा. सन्दुक रुइतलाई चिन्छु । उनी संसारकै सबैभन्दा राम्रा जीवित नेत्र शल्य चिकित्सक र मानवतावादीहरूमध्ये एक हुन् । ज्योतिको उपहार दिदै गरेको उनलाई हेर्नु कसैले दोस्रो जीवन दिइरहेको हेर्नु हो ।

- रिचर्ड गिअर, हलिउड अभिनेता

संसारका चिकित्सकीय संस्थापनपक्षसँग निरन्तर जुध्दै सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भुत डा. सन्दुक रुइतको जीवन्त एवम् रोचक कथा हो यो पुस्तक । विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन प्रयत्न एवम् अथक सङ्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको जीवनवत्तको रोमाञ्चक गाथा यसमा समेटिएको छ । संवेदना र सम्मोहनयुक्त यो पस्तकले वैभव र विलासको जीवन होइन, संसारलाई असल बनाउने उदात्त कर्ममा लाग्ने जीवन जिउन प्रेरित गर्छ ।