डिबी खड्काद्वारा लिखित पुस्तक 'नियत' सार्वजनिक

लेखक तथा पत्रकार डिबी खड्काद्वारा लिखित पुस्तक 'नियत' सोमबार, पौष २८ गते सार्वजनिक गरिएको छ । नेपाली चलचित्रकी नायिका स्वस्तिमा खड्का, रेखा थापा र लक्ष्मी बर्देवासँगै नेपाल लाइभ डटकमका नारायण अमृत र अमर खड्काले ‘नियत’को सार्वजनिक गरेका थिए ।
लामो समयदेखि पत्रकारिता  क्षेत्रमा सक्रिय खड्का हाल नेपाल लाइभ डटकममा कार्यरत छन् । 'नियत' पुस्तक सार्वजनिक गरेपछि उनले भने– ‘नेपाली मनोरञ्जन दुनियाँलाई नजिकबाट नियाल्दा रंगीनभन्दा धेरै फिक्का महसुस गरेको छु । पुरुषका लागि रंगीन र रोचक रहे पनि महिलाका लागि यो क्षेत्र कहाली लाग्दो रहेको छ ।’

पुस्तक Eureka Publication ले बजारमा लेराएको हो । पुस्तकको मूल्य रु. ३२५ रहेको छ । 

Picture: Facebook, DB Khadka