क्याप्टेन डिआर निरौलाको "आकाश यात्रा" लोकार्पण

क्याप्टेन डीआर निरौलाको पुस्तक ‘आकाश यात्रा’ बजारमा आएको छ। पुस्तकको लोकार्पण शताब्दी पुरुष सत्यमोहन जोशी, लेखक तथा क्याप्टेन डिआर निरौला, प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल तथा क्याप्टेन भिके श्रेष्ठ, क्याप्टेन विएन अमात्य, क्याप्टेन कोश कुमार थापा, निरौला पत्नी विना लगायतले गरेका थिए । कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले आकाश विधामा लेखेको यो पहिलो किताब आफूले पहिलो पटक विमोचन गरेको बताए । ‘नेपालमा आकाशको विधामा धेरै किताब नभएकोले यो आकाश यात्रा किताबले भोलिको पुस्तालाई एक दस्तावेज छाडेको छ ।’

क्याप्टेन दधिराम निरौलाको पुस्तक “आकाश यात्रा “ ले पाईलटको यात्रा , ट्राभल्स गर्ने यात्रुको यात्रा रोमान्चक र रहस्यमय आकाशको यात्रा बारे आफुले बुझेको बखान गरेको छ । हवाई जहाज र आकाशको बारे रोमान्चक यो पुस्तक पढेर तपाईले उहॉको संघर्ष सफलताको अनुभुति बुझ्न सक्नु हुनेछ । आकाशको उडानबारे अनेकौ अनेक कुरा छन ।त्यसलाई तपाईले बुझ्नु र जान्न यो पुस्तक उपयोगी छ ।

Image Source: Ghost Writing Nepal, Facebook