छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७५ यो वर्ष गजलकार टक गुरुङलाई

छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७५ यो वर्ष गजलकार टक गुरुङलाई प्रदान गरिएको छ । उहाँको अनाहत गजल संग्रहले रु. १०,००० राशीको यो पुरस्कार पाएको हो । बुलबुल पब्लिकेशनको तेस्रो वार्षिकोत्सवका अवसरमा आज एक अनौपचारिक कार्यक्रम बीच छायाँदेवी र चेतनाथ पराजुलीका हातबाट पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा अग्रज गजलकारद्वय रवि प्राञ्जल र करुण थापाको पनि उपस्थिति थियो । पुरस्कृत गजलकार गुरुङ हाल आबुधाबीमा रहनुभएकाले उहाँको तर्फबाट गजलकार लालकाजी श्रेष्ठले पुरस्कार लिनुभयो । सो अवसरमा टक गुरुङको धन्यवाद मन्तव्य बजाएर सबैलाई सुनाइएको थियो ।

छायाँदेवी र चेतनाथ पराजुली गजलकार जे.सागरका मातापिता हुनुहुन्छ । जे सागरले यो पुरस्कार आफ्ना मातापिताको नाममा २०७४ सालदेखि शुरु गर्नुभएर यसको संयोजनको जिम्मेवारी बुलबुल पब्लिकेशनलाई दिनुभएको छ । गत वर्ष यो पुरस्कार गजलइन्द्रेणीले पाएको थियो ।

 

Image Source: Bulbul Publiation, Facebook