चैतन्य मिश्रद्वारा लिखित गैर-आख्यान 'लोकतन्त्र र आजको मार्क्सवाद'को लोकार्पण हुदैँ

प्रसिद्ध समाजशास्त्री तथा प्राध्यापक चैतन्य मिश्रको गैर-आख्यान 'लोकतन्त्र र आजको मार्क्सवाद' पुस्तक सार्वजनिक भदौ १४ गते शनिबार, डबली, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँमा हुदैँ छ । यो दुई-अढाई दशकको समयमा प्रा. मिश्रले नेपालको राजनीतिक रुपान्तरणलाई समाजशास्त्रीय दृष्टिले हेर्दा देखिएका परिदृश्यलाई यो पुस्तकमा उतारिएको छ । पुस्तकमा लोकतन्त्रको पुँजीवादी आर्थिक जरो खोतल्दै लोक र लोकतन्त्रलाई कमजोर तुल्याउने दलतन्त्रको आलोचना गरिएको छ ! साथै, गणतन्त्र र समावेशिताका लागि योगदान दिएको माओवादी राजनीतिको चिरफार पनि यस पुस्तकमा छ । पुस्तकलाई राजेन्द्र महर्जनले सम्पादन गर्नुभएको हो ।