चाँडै आउँदैछ 'दरबारको दुःखान्त'

किताब पब्लिशर्सको नयाँ किताब : 'दरबारको दुःखान्त' अब छिट्टैनै बजारमा आउदैछ। किताबको नामले सुझाएझैँ २०५८ साल जेठ १९ गतेका दिन भएको दरबार हत्याकाण्डको सेरोफेरोमा यो किताब रहनेछ।  

"जेठ १९, राती ८:३५ बजे- हिंड्दै गर्दा राजाका पाइला अचानक रोकिए, 'यहाँको बत्ती किन बलेन ? दिपेन्द्रको एडिसीलाई तुरुन्त खबर गर।' त्यस क्षण मैले युवराजको निवासबाहिर सडकबत्ती नबल्नुलाई आश्चर्यका रुपमा लिइनँ। अहिले फर्केर हेर्दा त्यहाँको अनपेक्षित अँध्यारोले केही भनिरहेको थियो।"