विश्वेश्वरप्रसाद कोइरालाको डायरी लोकार्पण

नेपाली काँग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको डायरी भाद्र २२,२०७६ मा एउटा कार्याक्रम गरी  लोकार्पण गरिएको छ। डायरीमा कोइरालाले विसं २००८ देखि २०१३ सम्मको मुलुकको सङ्क्रमणकालीन राजनीतिक अवस्थामाक बारेमा  आफ्नो  अनुभब प्रसुस्त गरेको छन्। बिपीले अङ्ग्रेजीमा लेखेको उक्त डायरी पदमबहादुर थापाले परिवारबाट सङ्कलन गरी सम्पादन गरेका हुन भने महेश पौड्यालले नेपालीमा अनुवाद गरेका हुन्। डायरीको प्रकाशक शिखा बुक्स, काठमाडौँ रहेको छ। 
डायरी  लोकार्पण मा उनका सुपुत्र एवं कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, काङ्ग्रेस नेता नरहरि आचार्य, काङ्ग्रेस नेता डा शेखर कोइराला, नेपाली काङ्ग्रेसको इतिहासको प्रारुप का लेखकका पुरुषोत्तम बस्नेत एवं ‘लोकतन्त्र र समाजवाद’ पुस्तकका लेखक शोभाकर पराजुली उपस्थित हुनुभएको थियो। साथै उहाहरुले डायरीको बारेमा आफ्नाआफ्नै धारणा प्रस्तुत गर्नुभएको थियो। 
डायरीको बारेमा बोल्दै  कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले डायरीमा तत्कालीन नेपालको सङ्क्रमणकालीन राजनीतिका साथै भारतसँगको सम्बन्धका विविध पक्षको जानकारी रहेको बताए।त्यसैगरी, काङ्ग्रेस नेता नरहरि आचार्यले बिपीको राजनीतिमा सक्रियता बढेका बेला उक्त डायरी लेखिएको बताउँदै तत्कालीन सङ्क्रमणकालीन अवस्था र अहिलेको राजनीतिक अवस्था काङ्ग्रेसका लागि तुलना गर्न मिल्ने खालको रहेको धारणा व्यक्त गरे।

त्यस्तै काङ्ग्रेस नेता डा शेखर कोइरालाले अहिले मुलुकको राष्ट्रियता कमजोर भएको तथा प्रजातन्त्र, गणतन्त्र र सङ्घीयतामाथि खतरा देखिएको अवस्थामा काङ्ग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताउँदै इतिहासबाट पाठ सिकेर अघि बढे मात्र मुलुकको भविष्य उज्ज्वल हुने बताए। कार्यक्रममा ‘नेपाली काङ्ग्रेसको इतिहासको प्रारुप’का लेखकका पुरुषोत्तम बस्नेत एवं ‘लोकतन्त्र र समाजवाद’ पुस्तकका लेखक शोभाकर पराजुलीले आ–आफ्ना पुस्तकका बारेमा परिचर्चा गरेका थिए। यसैगरी पत्रकार चन्द्रकिशोर झा, शिखा बुक्सका पुष्प पौडेल, अनुवादक पौड्याललगायतले बिपीको डायरी राजनीति, इतिहास र साहित्यानुरागीका लागि निकै उपयोगी हुने धारणा व्यक्त गरेका थिए।
यसरी विश्वेश्वरप्रसाद कोइरालाको डायरीको लोकार्पण कार्यक्रम सम्पन्न गरिएको थियो। डायरीबाट हामीले नेपालको राजनैतिक इतिहास र बि पी कोइरालाको नेपालको राजनीतिक क्षेत्रमा उनको भूमिका थाहा पाउन सक्छौं । 

 Image Source : Mahesh Paudyal's  Facebook