पूर्व राष्ट्रपति रामवरण यादवले शुक्रबार राजधानीमा अंगूर बाबा जोशीद्वारा लिखित आत्मकथा 'अक्षर साधना र गोधूलि' लोकार्पण गर्नु भएको छ । कृतिमा उहाँले नेपालको राणकालीन अवस्थादेखि अहिलेसम्ममा भोगेका यथार्थलाई अत्यन्त रोचक ढंगमा प्रस्तुत गर्नुभएको छ । जोशी जस्ता संघर्षशील व्यक्तित्वका अनेकौं तीतामीठा अनुभवले पाठकलाई त्यस बखतको नेपालका ज्ञानबर्द्दक जानकारी गराउँछ । कृतिको आवरणपृष्ठ प्रसिद्ध कलाकार शशिकला तिवारीले बनाउनुभएको हो । यस कृतिलाई उत्कृष्ट प्रकाशनले प्रकाशित गरेको हो । तस्बिर: नवीन पौडेल