Akshar Sadhana ra Godhooli

Akshar Sadhana ra Godhooli

अक्षर साधना र गोधूलि: आत्मकथा

E-book
Rs 200
Paperback
Rs 445Rs 495
Genre:Autobiography
Language: Nepali
Published:September 01, 2017
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937023894
ISBN10:9937023890
Pages:332

पुस्तकको बारेमा

"अक्षर साधना गोधूलि" नेपालमा नारी शिक्षाको विकास र महिला सशक्तीकरणमा उल्लेखनीय योगदान गर्ने विदूषी श्रीमती अंगूरबाबा जोशीको आत्मकथा हो । कृतिमा उहाँले नेपालको राणकालीन अवस्थादेखि अहिलेसम्ममा भोगेका यथार्थलाई अत्यन्त रोचक ढंगमा प्रस्तुत गर्नुभएको छ । जोशी जस्ता संघर्षशील व्यक्तित्वका अनेकौं तीतामीठा अनुभवले पाठकलाई त्यस बखतको नेपालका  ज्ञानबर्द्दक जानकारी गराउँछ । 

अंगूरबाबा जोशीले आफ्नो बिग्रेको स्वास्थ्य र छयासी बर्षको उमेरमा पनि पुराना संस्मरणहरुलाई सशक्त रुपमा राख्न सक्नुभएको छ । यस कृतिको ऐतिहासिक महत्व छ । विशेष गरी काठमाडौको तत्कालीन सामाजिक अवस्थाको सजीव चित्रण पाइन्छ । आत्मकथामा पद्मकन्या कलेजको स्थापना र विकासमा उहाँले भोग्नु परेका कठिनाइहरुलाई मिहिन ढंगबाट प्रस्तुत गर्नुभएको छ । राजा महेन्द्रका प्रसङ्ग ठाउँठाउँमा छन् भने राजा वीरेन्द्र र रानी ऐश्वर्यका चर्चा यत्रतत्र छन् ।

पूर्वराष्ट्रपति डा रामवरण यादवले यस कृतिको लोकार्पण २०७४ भदौमा गर्नुभएको थियो । कृतिको आवरणपृष्ठ प्रसिद्ध कलाकार शशिकला तिवारीले बनाउनुभएको हो ।