अङ्गूर बाबा जोशीको आत्मकथा 'अक्षर साधना र गोधुलि'

श्रीमती अङ्गूर बाबा जोशीको आत्मकथा 'अक्षर साधना र गोधुलि' २०७४ भदाै १६ गते काठमाडैामा सम्माननीय पूर्वराष्ट्रप्रति श्री रामवरण यादवबाट लोकार्पण भएको छ । आफ्नो आत्मकथामा श्रीमती जोशीले नेपालको र विशेष गरी काठमाडाैको लगभग नै दशक लामो कालखन्डको सामाजिक जीवनको सजीव चित्रण गर्नु भएको छ । कृतिमा राणा शासन, पंचायत काल हुँदै अहिलेसम्मका चाखलाग्दा कुराहरू वर्णित छन् । यसमा उहाँका संघर्ष र सफलताका अनेकै घटनाहरू अत्यन्त रोचक शैलीमा प्रस्तुत गरिएका छन् । 
यो कृति उत्कृष्ट प्रकाशन प्रालिले प्रकाशित गरेको हो ।

प्रकाशकको यो दोस्रो कृति हो । यसअघि दक्षिणी प्रशान्त क्षेत्रको सुन्दर देश पपुआ न्युगिनीबारेमा नियात्राकार श्री चन्द्रप्रसाद भट्टराईको नियात्रासङ्ग्रह 'अनाैठो मुलुक अनाैठा अनुभूति' प्रकाशित गरी आफ्नो व्यावसायिक प्रकाशन कार्यको थालनी गरेका थियो । भविष्यमा पनि यस्तै पठनीय र सङ्ग्रहणीय कृतिहरू क्रमश: प्रकाशित गरिने कुरा पनि प्रकाशन संस्थाले जनाएको छ ।