गजलकार टक गुरुङ्गको गजल संग्रह 'अनाहत' को विमोचन

गजलकार टक गुरुङको गजल संग्रह अनाहतको लोकार्पण भएको छ । गजलकार प्रा.डा. घनश्याम न्यौपाने परिश्रमीसंगै आवाज शर्मा, बम बहादुर जिताली, करुण थापा, नारायण गैरे, विपुल सिजापती लगायतका श्रष्टाहरुले यो पुस्तकको विमोचन गर्नुभएको हो ।

साठी वटा गजलहरुको यो संग्रहमा नारायण घिमिरेले भूमिका लेख्नुभएको छ । लालकाजी श्रेष्ठको सभाध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्राज्ञ बियाेगी बुढाथाेकी, प्रा.डा. शैलेन्दु प्रकाश नेपाल, रामबहादुर पहाडी, डा. गाेपाल पाैडेल, प्रा.डा गार्गी शर्मा,तारा केसी ,अचुत घिमिरेज्यू लगायतकाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रममा अन्य अतिथिहरु करुण थापा, विपुल सिजापती लगायतले पनि अनाहत गजलसंग्रहबारे आफ्नो विचार राख्नुभएको थियो भने प्रदीप मैनाली, गजलकार राम बहादुर पहाडी आदिले पुस्तकका गजलहरू वाचन गर्नुभएको थियो ।
"अनाहत" गजलसंग्रह बुलबुल पब्लिकेशनले बजारमा ल्याएको हो र यसको मूल्य रु. १५० तोकिएको छ ।