नेपाल मुक्तक प्रतिष्ठानले २५औं अन्तर्राष्ट्रिय मुक्तक मेलाको आयोजना गर्यो । आइतबार साँझ सो मुक्तक मेला भर्चुअलरूपमा सम्पन्न भएको हो ।
मुक्तक मेलामा देश–विदेशका मुक्तक लेखकहरूको सहभागिता रहेको थियो । सो मेलामा विमल गिरी (बेल्जियम), भरत लोहारङ राई (बेलायत), गणेश खतिवडा (नेपाल), प्रेमप्रसाद भट्टराई (कतार), महत्ता घिमिरे (अष्ट्रेलिया), शिवराम खड्का (नेपाल), युवराज भण्डारी (क्यानडा), नानु राना (बेलायत), नेपाल रानाभाट (नेपाल), बिमन किराँती (जापान), सेमन्त राई (बेलायत), दिव्य गिरी (नेपाल), सयपत्री थुलुङ (जापान), बाबुराम पोखरेल (नेपाल), रूपक श्रेष्ठ (वेलायत), कल्पना श्रेष्ठ (नेपाल), निता गुरूङ (गोहाटी), गुप्तबहादुर श्रेष्ठ (नेपाल) र यादव भट्टराई (नेपाल)ले आआफ्ना चारचार मुक्तक वाचन गरेका थिए ।
मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्व र मुक्तक लेखक उषा शेरचनको प्रमुख आतिथ्यमा सम्पन्न मुक्तक मेलामा निशा केसी पनि बोलेकी थिइन् ।