ज्याक लण्डनको उपन्यास महसुर ह्वाइटफ्याङ नेपाली भाषामा प्रकाशित भएको छ।
महसुर ह्वाइटफ्याङ उपन्यास नेपाली भाषामा प्रकाशमणि दाहालले अनुवाद गरेका हुन्।
ह्वाइटफ्याङ एउटा ब्वाँसाको कथा हो। यो कथा उन्नाइसौँ शताब्दीतिर क्यानडाको उत्तरपूर्वी युकोन क्षेत्रबाट सुरु भएर संयुक्त राज्य अमेरिकाको सनफ्रान्सिस्कोमा समाप्त हुन्छ।
यस उपन्यासमा एउटा जङ्गली ब्वाँसाको छाउराले जन्मेका दिनदेखि अनेक हन्डर खाँदै प्राकृतिक र मानवीय जीवन व्यवहारबारे सिक्दै गएको कुरा प्रस्तुत छ।